तथ्यांक अद्यावधिक नहुँदा सामाजिक सुरक्षाभत्ता वितरणमा समस्या

बैतडी । सामाजिक सुरक्षाभत्ता पाउने नागरिकको तथ्यांक समयमै अद्यावधिक गर्न नसक्दा बैतडीमा सामाजिक सुरक्षाभत्ता वितरण हुन सकेको छैन ।

आर्थिक वर्ष ०७४\७५ को पहिलो चौमासिकको सुरक्षाभत्ता कात्तिकमै वितरण हुनुपर्ने भए पनि हालसम्म वितरण भएको छैन् । चौमासिकरुपमा वितरण गर्दै आएको सुरक्षाभत्ता चालु आर्थिक वर्ष शुरु भएदेखि हालसम्म नपाउँदा ज्येष्ठ नागरिक,अपांगता भएका व्यक्ति, एकल महिला वृद्धवृद्धालाई निकै समस्या भएको छ ।

बैतडीका स्थानीय तहले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसक्दा नागरिक निराश बन्न थालेका छन् । बैतडीमा रहेका १० स्थानीय तहमध्ये दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाबाहेकका स्थानीय तहले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेका छैनन् ।

साविकका गाविसमा वितरण हुने सामाजिक सुरक्षाभत्ता पाउँ भन्ने तथ्यांक अद्यावधिक नहुँदा वितरण गर्न नसकिएको सुर्नया गाउँपालिकाका कार्यकारी अधिकृत गणेशसिंह ऐरीले जानकारी दिए । उनले भने, ‘सामाजिक सुरक्षाभत्ता पाउने नागरिकको तथ्यांक अद्यावधिक गरिसकिएको र दुई चौमासिकको एकैपटक भत्ता वितरण गर्ने तयारी गरिरहेका छौं’

स्थानीय निकाय बनिसेको अवस्थामा पनि धेरैजसो गाउँका नागरिकलाई स्थानीय सरकार के हो भन्नेसमेत थाहा नभएको सुर्नयाकी माया लुहारले बताइन् । उनले भनिन, ‘स्थानीय सरकारमा सबै सुविधा हुन्छ भन्थे तर झन आफूले अहिलेसम्म राज्यबाट पाउनुपर्ने सुविधासमेत पाएको छैन ।’ जनप्रतिनिधि आउनुभन्दाअघि बरु चार\चार महिनामा भत्ता पाइन्थ्यो पुर्चौडी नगरपालिका १० की ६८ वर्षीया हरिना महराको भनाइ छ ।

साउनदेखि कात्तिकसम्मका लागि पहिलो चौमासिकमा दुई करोड २२ लाख निकासा हुनुपर्नेमा एक करोड १७ लाख मात्रै बजेट निकासा भएकाले सामाजिक सुरक्षाभत्ता वितरण नगरिएको पुर्चौडी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले लाभग्राहीको सही विवरण स्थानीय विकास मन्त्रालयको पञ्जीकरण विभागमा पठाउन नसक्दा रकम रोकिएको नगरपालिकाका उपप्रमुख जयन्ती ऐरबमले बताइन ‘विगतमा वडा सचिवले मृत्यु भइसकेका व्यक्तिलाई पनि भत्ता वितरण गरेछन,’ उनले भनिन् ‘व्यक्तिगत विवरणविना नै भत्ता वितरण गरिएकाले अहिले समस्या आयो ।’

अहिले लाभग्राहीको पूर्ण विवरण मन्त्रालयमा पठाउने काम अन्तिम चरणमा पुगेकाले केही दिनमै सामाजिक सुरक्षाभत्ता वितरणको काम शुरु हुने नगर उपप्रमुख ऐर बमले बताइन् । केन्द्रको सरकार गाउँघरमा भने पनि नागरिकलाई अझै पाउनुपर्ने सेवासुविधा पाउन पनि सकश हुँदै आएको छ । नागरिकले झेल्दै आएका समस्या समाधानतर्फ निर्वाचित जनप्रतिनिधिको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?