छि ! छि ! यस्तो तेलले बन्छ पानीपुरी र ससेज (फोटो फिचर)

सोभित थपलिया
काठमाडौं । महानगरीय प्रहरी वृत गौशलाले विभिन्न कम्पनीको ८० लिटर अखाध्य तेल बरामद गरेको छ ।

प्रहरीले चावहिलमा राजेश चौरासीयाले सञ्चालन गरेको कवाड कारखानाबाट ससेज, पकौडा, चटपट, पानीपुरी, छोयला बनाउन बिक्रीका लागि राखिएको तेल बरामद गरेको छ । प्याकेटमा रहेको तेल जर्किनका खन्याएर किनेर लैजाँदै गरेको समयमा अखाध्य तेलसहित दुई जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत गौशलाका प्रहरी सहायक निरीक्षक प्रदिप रेग्मीले बताए ।

अखाध्य तेल बिक्री गर्ने र खरिदकर्तालाई कालोबजारी ऐन २०३२ अनुसार कारबाही गरिने र त्यसका लागि प्रहरीलाई जिम्मा लगाइने आपूर्ती व्यवस्थापन तथा उपभोत्ता हित संरक्षण विभागका शाखा अधिकृत दिपकराज पोखरेलको भनाई छ ।

प्याकेटमा कुन कम्पनीको तेल हो, बनेको र प्रयोग गर्ने अन्तिम मितीसम्म नदेखिने तेल चटपट, पानीपुरी बनाउनका लागि साउले लिन पठाएको राम स्वहारत शाहले बताए । टिनमा रहेको तेल हेर्दा राम्रो देखेर लगेको रामस्वहारत शाहले बताए ।

बिक्री गर्ने र खरिदगर्ने सबै जना भारतीय नागरिक रहेका छन् । कडावी सञ्चालकले प्रति लिटर ३० रुपैयाँमा ४० रुपैयाँमा बिक्री गर्ने गरेको छ । जुन तेल ससेज, चटपट, पानीपुरी, पकौडा, छोयला बनाउन प्रयोग गरिँदै आएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…