बुटवल र जावलाखेलमा ‘फेरि उठ्नेछ नेपाल–३’ हुँदै

काठमाडौँ । नेपालका चर्चित ब्याण्ड सदस्य आबद्ध नयाँ ब्याण्ड ‘प्रोजेक्ट वान’ले बुटवल र जावलाखेलमा कन्सर्ट गर्ने भएको छ । ब्याण्डमा मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रास्ता छन् ।

ब्याण्डले माघ १३ गते (जनवरी २७ मा) बुटवल मण्डप र माघ २७ गते (फेब्रुअरी १० मा) ललितपुरको जावलाखेल फुटबल मैदानमा ‘फेरि उठ्नेछ नेपाल’ नाम दिइएको कन्सर्टमा दर्शकलाई सांगीतिक माहौलमा झुमाउनेछ । बुटवलमा क्षेत्रीय पार्टनरका रुपमा नेपाल इभेन्ट मेनेजमेन्ट छ ।

ब्याण्ड वागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको ब्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् ।

‘फेरि उठ्नेछ नेपाल’को तेस्रो संस्करणका रुपमा रहेको कन्सर्टमा ब्याण्डले ‘फेरि उठ्नेछ नेपाल’सहित नयाँ एल्बमका गीत र आफ्ना पुराना गीत दर्शकमाझ प्रस्तुत गर्नेछ । ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले सन् २०१६ मा ललितपुरकै

जावलाखेलमा नेपथ्य ब्याण्डलाई पहिलो संस्करणको ‘फेरि उठ्नेछ नेपाल’ कन्सर्टमा प्रस्तुत गरेको थियो । सन् २०१७ मा कास्कीको पोखरामा दोस्रो संस्करणमा पनि नेपथ्य दोहोरिएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…