कविताः रुदाने र ‘थाहा’

–जागृत रायमाझी

पागलले रुदानेलाई
पागल नै देख्छ
पागल जस्तै
लवाइखवाइ र बोली रुदानेको

जोगीले रुदानेलाई
जोगी नै जान्छ
गेरुबस्त्र पहिरिने
पारा रुदानेको

पूजारीले ‘पण्डित’ मान्लान्
गुण्डाहरुले ‘डन’ ठान्लान्
‘ठिस’हरुले बहुरुपी
ढोङगी पनि भन्लान्
पञ्चेले पञ्चे नै ठाने,
बहुदलेले बहुदले नै माने
जस्तो आफू तेस्तै च्यापु भए रुदाने

बडो अजीब !
आज सबका आदर्श रुदाने !
भ्रष्ट धने धनबहादुर पनि
टाँस्छ तस्बिर रुदानेको
जीवनभर पर भाग्ने पनि
भन्छ ‘रुप्चन्द्र’
सिध्याउने षडयन्त्रकारी पनि
जप्छ ‘जसरु’
समाजबाट सुदूर हुने पनि
सोच्छ ‘स्वरुपे’
गफास्टकका लागि किम्बदन्ती
भए ‘रुपे’
आफ्ना आफ्ना स्वार्थका बहाना
बने ‘रुदाने’

कोही सूचनाको हकमा
‘थाहा’ कैद गर्दैछन्
गगन्चुम्बी दरबारको
‘थाहा’ भरेङ मान्दैछन्
उर्जा नहुनेहरु
‘थाहा’ शुन्यबाद ठान्दैछन्
शब्दबिहीनहरु
‘थाहा’ औजार हान्दैछन्

जे होस् …..
किसान, कुल्ली
र कुस्तिबाज त थिए नै रुदाने
शिक्षक, साधक, सन्यासी पनि भए
यायावर र बिन्दास पनि अवश्य हुन
खगोल, पर्यटन
र बनस्पती पनि छोए

तर मुख्य त….
अनुभव, अनुभूति र साक्षात्कार
पाएका दार्शनिक हुन ‘स्वरुपे’
जनहित निम्ति राजनीति भन्ने
छाप्रेहरुका नेता हुन ‘जसरु’
आयुभरी क्रान्तिकारी चट्याङ छर्ने
आदर्श योद्दा हुन ‘रुदाने’ !

‘थाहा’ रुदाने हुन्
रुदाने ‘थाहा’ हुन् !

(मकवानपुरका दार्शनिक कम्युनिष्ट नेता रुपचन्द्र विष्ट, आफूलाई रुदाने, जसरु, स्वरुपेको उपमा दिन्छन् । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको पुस २६ जन्मदिन हो, मकवानपुर दामन पालुङबाटै विद्यार्थी राजनीति हुँदै कम्युनिष्ट राजनीतिमा होमिएका युवा नेता जागृत रायमाझीको शब्दमा रुदाने र थाहा ।)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…