अन्य बस बन्द हुँदा विन्द्यवासिनीले दियो यात्रुलाई राहत

पोखरा । ट्याक्सी चालकलाई कारवाही गरेपछि आक्रोशित बनेका यातायात व्यवसायीले रुढमा चल्ने अधिकाँश बस बन्द गरेका छन् । व्यवसायीहरुले नेपाल  सवारी साधन नचल्दा मर्माहित बनेका यात्रुले विन्द्यवासिनीको बस चल्दा केही राहत पाएका छन् ।

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ अन्तरगत रहेका पोखरा बस व्यवसायी समिति, बेगनासताल बस व्यवसायी समिति, श्रृयंगा बस व्यवसायी समिति, व्यास बस व्यवसायी समिति, पृथ्वी राजमार्ग बस सञ्चालक समिति मातहतका बसहरु चलेका छैनन् । ट्याक्सी व्यवसायी समिति पोखरा मातहतका ट्याक्सीहरु पनि पोखरामा चलेका छैनन् ।

मिटरमा चल्न नमान्ने १८ जना ट्याक्सी चालकलाई प्रहरीले मंगलबार पक्राउ गरेर हिरासतमा राखेपछि आक्रोशित बनेका ट्याक्सी चालकहरुले बुधबार पोखराको पृथ्वीचोक–लखनचोकमा ट्याक्सी तेस्र्याएर प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै सडक अवरूद्द पारेका थिए ।  सडक अवरोधलाई   प्रशासनले बल प्रयोग  गरी खुलाएको थियो । ट्याक्सी व्यवसायी समितिले ‘शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको’ भन्दै विहीबार यातायात बन्द गरेका हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…

काठमाडौं । इलाममा २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि काठमाडौं ल्याइएको छ । डा. केसीको मुटुमा…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…