धुर्मुस–सुन्तलीले दिए चिसो पीडितलाई कम्बल

सप्तरी । चिसो पीडितलाई धुर्मुस–सुन्तली फाउन्डेशनले कम्बल वितरण गरेको छ । फाउन्डेशनले तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर ४ र वडा नम्बर ८स्थित दलित तथा मुसहर बस्तीमा बुधबार कम्बल र ब्ल्याङ्केट बाँडेको हो ।

तोपामा ५४ परिवार मुसहर र कोइलाडीमा ८१ परिवार मुसहर तथा अतिअसहाय २० परिवार गरी कूल १ सय ५५ परिवारलाई प्रतिपरिवार एउटाका दरले ब्ल्याङ्केट वितरण गरिएको फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिएका छन् ।

शीतलहरबाट प्रभावित सप्तरीको विभिन्न स्थानमा प्रशासनले पनि कम्बल वितरण गरेको छ ।  रेडक्रस सोसाइटीको सहयोगमा शम्भुनाथ नगरपालिकाकाे वडा नम्बर ६, ७ र ८ मा रहेको दलित बस्तीमा २ सय परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको प्रशासनले जनाएको छ ।

जिल्लामा चिसोबाट अहिलेसम्म २० जनाको मृत्यु भइसकेको छ । प्रहरीले आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…