अरेवा कृषि सहकारीको तीन वर्षमा ४३ लाखको कारोवार

कौरव खत्री

गुल्मी । पौदी अरेवा कृषि सहकारी संस्था लिमिटेड छोटो अवधिमै राम्रो आर्थिक कारोवार गर्न सफल भएको छ ।

मुसिकोट नगरपालिका वडा– १ अरेवामा रहेको कृषि सहकारी संस्था लिमिटेडले स्थापनाको चौथो बार्षिक साधारण सभासम्म आइपुग्दा ४३ लाख ९७ हजार १ सय १८ रुपैयाँको आर्थिक कारोवार गरेको संस्थाका अध्यक्ष जीतबहादुर पाठकले जानकारी दिए ।

२०७० सालमा ३० जना कृषक मिलेर शुरु गरिएको उक्त संस्थामा हाल १ सय १३ जना शेयर सदस्य रहेका छन् । सहकारीले आर्यआजन र उत्पादनमुलक क्षेत्र अन्तर्गत कृषि र पशुजन्य व्यवसाय कामको लागी प्रति शेयर सदस्यहरुलाई १ लाखसम्म ऋण प्रवाह गर्दै आएको छ ।

सभामा सहकारीले दुई जना कृषि तथा पशुपालनमा उत्कृष्ट अगुवा शेयर सदस्य, कक्षा आठ र एसएलसीमा उत्कृष्ट अंक ल्याउने तीन जना शेयर सदस्यका छोराछोरीहरुलाई समेत प्रोत्सान स्वरुप सम्मान गरेको छ ।

साधारणसभाबाट संस्थाले आउने दिनका लागि सुत्केरी भत्ता, मृत्यु संस्कार सहयोग र स्वास्थ्य उपचार कोष जस्ता थप नयाँ प्रस्ताव गरेको संस्थाका संस्थापक बुद्धप्रकास पौडेलले जानकारी दिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…