घरगोठ जल्दा दश लाखको क्षति

कपिलवस्तु । जिल्लाका दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार घर, गोठ जलेर नष्ट हुँदा दश लाखभन्दा बढीको क्षति भएको छ ।

विजयनगर गाउँपालिका–६, छुटपारी बस्ने हस्तरी विकको गोठमा बिहान गाईवस्तुलाई तातो बनाउन बालिएको आगो गोठमा सल्किदाँ परालले छाएको कच्ची गोठ, गोठमा रहेका १३ बाख्रा, एक गोरु, आठ कुखुरा जलेर नष्ट भएका छन् ।

साथै, चारवटा गाई–गोरुसमेत जलेर घाइते भएको छ । विकको घर, गोठ र चौपाया जलेर नष्ट हुँदाँ पाँच लाख दुई हजारभन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए ।

यस्तै, शिवराज नगरपालिका–३, मधवाका रामप्रसाद विकको गोठमा दिउँसो आगो ताप्न बालेको आगो परालले छाएको गोठमा सल्किदाँ दुईतले घर र गोठ जलेर नष्ट भएको छ ।

गोठमा भएका एक गोरु र पाँचवटा बाख्रा पनि जलेर मरेका छन् भने एक गाई जलेर घाइते भएको छ । आगलागीबाट घरगोठ, अन्नपात, कत्ताकपडा, चौपाया जलेर नष्ट हुँदा पाँच लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

दुवै स्थानको आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…