सोनाम ल्होसारको विदा पुनरावलोकन गर्न तामाङ समुदायको माग

सन्देश पाैडेल

लमजुङ । लमजुङका तामाङ समूदायले सोनाम ल्होसारको अवसरमा सरकारले दिएको सार्वजनिक विदा पुनरावलोकन गर्न आग्रह गरेका छन् । तामाङ घेदुङ संघ लमजुङले शुक्रबार पत्रकार सम्मेलन गरी ४ माघमा दिने गरेको विदा फागुन ४ मा दिन आग्रह गरेका हुन् ।

तामाङ समुदायले मान्दै आएको मञ्जुश्री संवत पात्रो अनुसार सोनाम ल्होसार फागुन ४ गते पर्ने भएकाले माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसारको दिन ल्होसार मनाउने तामाङ घेदुङ संघले जनाएको छ ।

नेपाली पात्रोमा गलत मितिमा सोनाम ल्होसार उल्लेख भएको तामाङ समुदायको ठहर छ । फागुन ४ गते शेर्पा जातीले मनाउने ध्याल्पो ल्होसार परेको र सार्वजनिक विदा भएकोले अर्को विदा घोषणा गरिरहनुपर्ने आवश्यक नरहेको संघले जनाएको छ ।

तामाङ जातीहरुले फागुन–४ मा चरा वर्गको विदाई कुकुर वर्गको स्वागत गर्दै २८५४ औं सोनाम ल्होछार मनाउदै छन् । ल्होसारको अवसरमा विभिन्न प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम हुने नेपाल तामाङ घेदुङ संघ लमजुङले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…