एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपमा टंकलाई दोहोरो स्वर्ण

काठमाण्डौ । टंक बहादुर कार्की एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपमा दोहोरो स्वर्ण जित्न सफल भएका छन । प्रतियोगिताको अन्तिम दिन एकलतर्फ २ओभर ७० अंक जोडी समग्रमा ३ ओभर २०७ का साथ शुक्र बहादुर राईलाई ५ स्ट्रोकले हराउदै दोस्रो स्वर्ण जितेका हुन । यसअघि उनले टिमतर्फ पनि स्वर्ण जितेका थिए ।
शुक्रले १ अण्डर ६७ को दिनकै उतकृष्ट सेकोरकार्डमा समग्रमा ८ ओभर २१२ का साथ रजत पदक जिते । उनको यो दोस्रो रजत हो । टिममा उनी सम्मिलित निर्भाना कन्ट्री क्लबले पनि रजत जितेको थियो ।
सुबाष घिसिङले ९ ओभर ७७ को खराब प्रदर्शनका बाबजुद समग्रमा १८ ओभर २२२ को नतिजामा कास्य पदक हात पारे । सुबाष भन्दा एक स्ट्रोकले पछि परेका बिपिन तामाङ २२३ अंकका साथ चौथो, २२५अंक जोडी सुन्दर राई पाँचौ २२६ अंक जोडी नवराज थापा छैटौ र २२७ को नतिजामा सुरेश तामाङ सातौ भए ।
अन्तिम दिन ८ स्ट्रोकको अग्रता सहित खेल सुरू गरेका टंकले २ ओभर ७० अंक जोडने क्रममा फ्रन्ट नाईन २ ओभर ३६ र ब्याक नाईन ईभन पार ३४ मा पुरा गरे । पहिलो नौ होलको खेलमा पाँचौ र नवौं होलमा बोगी प्रहार गरे । अन्तिम नौ होलमा ११औ र १८ औ होलको बर्डीका विरूद्ध १३ औ र १६ औ होलमा बोगी प्रहार गरे ।
१ अण्डर ६७ अंक बनाएका शुक्रले चौथो होलमा एक सट बचाउदा सातौ होलमा बोगी खेपे र फ्रन्ट नाईन ईभन पार ३४ मा सकाए । यसपछि १३ औ र १७ औ होलमा बर्डीको सफलता प्राप्त गरे भने अन्तिम होलमा बोगीको सामना गरे ।
यसअघि विहिबार टंक बहादुर कार्की,सुबाष घिसिङ र सन्दीप तामाङ सम्मिलित मध्यमाञ्चलले स्वर्ण पदक जितेको थियो।२९४ अंक सहित युवराज भुजेल,शुक्र बहादुर राई र सुन्दर राई सम्मिलित निर्भाना कन्ट्री क्लबले रजत तथा बिनोद तामाङ,भरत बास्ताकोटी र नवराज चौलागाईको रोयल नेपाल गल्फ क्लबले ३०४ अंक सहित कास्य पदक हात पारेका थिए ।
विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवकेशव कुमार बिष्ट, नेपाल गल्फ संघका अध्यक्ष टासी घले,कोषाध्यक्ष किशन अग्रवाल लगायतले पुरस्कार वितरण गरे । नेपाल गल्फ संघद्वारा आयोजित तीन दिने प्रतियोगितामा सात टिमका चालिस खेलाडीले प्रर्तिस्पर्धा गरेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…