खप्तड गोल्डकपमा सेमिफाइनल समिकरण पूरा, मनाङद्वारा रुपन्देही पराजित

धनगढी । रुपन्देही ११ लाई फराकिलो अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा आज भएको क्वार्टरफाइनलको अन्तिम खेलमा रुपन्देही ११ लाई ४–० को भारी अन्तरले पराजित गर्दै पोखरेली क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । २० औँ मिनेटमा मनाङका विदेशी खेलाडी भिक्टोर अमोवीले गोल गर्दै पहिलो हाफमा खेललाई १–० को अवस्थामा पु¥र्याएका थिए ।
दोस्रो हाफमा मनाङले थप ३ गोल गरेको थियो । मनाङका लागि ५५ आंै मिनेटमा सुजल श्रेष्ठ, ८२ आंै मिनेटमा विशाल राई र ८३ औं मिनेटमा विमल रानाले गोल गरेका थिए । शुक्रबारको खेलसँगै खप्तड गोल्डकपमा सेमिफाइनलको समिकरण पूरा भएको छ । प्रतियोगिता अन्तर्गत शनिबार मनाङ र आर्मीबीच सेमिफाइनलको पहिलो खेल हुने छ भने सेमिफाइनलको दोस्रो खेल आइतबार सुदूरपश्चिम ११ र एपिएफबीच हुनेछ ।

माफसलकै सर्वाधिक राशीको सुदूरपश्चिम खप्तड गोल्डकपका विजेताले ११ लाख ११ हजार १ सय ११ र उप–विजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…