प्रदेश प्रमुख र अस्थायी राजधानी तत्काल तोक्न डा. महतको माग 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने बताए ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने ‘सरकारले संविधानमा भएका अप्ठ्यारालाई तत्काल समाधान गरी सत्ता हस्तान्तरण गर्नुपर्छ, ।’
डा. महतले सर्वोच्च अदालत र प्रा. डा. गोविन्द केसीबीच भएको विवाद कानूनसम्मत समाधान गर्नुपर्नेमा जोड दिए ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम गठबन्धनले जनतालाई बहुमत दिएकाले नयाँ सरकार गठनका लागि सरकारले चाँडो मार्गप्रशस्त गर्नुपर्ने बताए ।
‘निर्वाचन आयोगले समानुपातिकको नतिजा सार्वजनिक नगरेर नाटक मञ्चन गरिरहेको छ, संवैधानिक निकाय पदीय जिम्मेवारीमा बस्नुपर्छ’, उनले भने ।
नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले निर्वाचन आयोग र सरकारले नयाँ सरकार गठन गर्ने बाटो खोल्नुपर्ने बताए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…