राष्ट्रियताका लागि सबै दलबीच सहकार्य आवश्यक

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वैदेशिक मामिला, राष्ट्रिय सुरक्षा र विकासको सवालमा सम्पूर्ण राजनीतिक दलहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

राजविराज नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै नेता यादवले राष्ट्रियताको सवालमा राजनीतिक दलहरु बिच सहकार्य आवश्यक रहेको बताए ।

अधिकारसँगै विकास र निर्माण कार्यलाई अगाडि बढाए मात्र समाजको विकास हुने बताउँदै नेता यादवले देशमा अस्थिरता र आशंका उत्पन्न भएकोले संसदको बैठकले संविधान सशोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

परिषद्मा नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले ५८ करोड ७२ लाख ७४ हजार ८ सय ७२ रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरे ।

कार्यक्रममा पूर्वमन्त्रीद्वय मृगेन्द्र कुमार सिंह यादव, रेणु कुमारी यादव, प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साह, मनिष कुमार सुमन लगायतले मन्तव्य व्यक्त गरे ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…