मध्यमाञ्चललाई दोहोरो उपाधि

काठमाडौं । मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं पुरुष तथा १४ औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेको छ । मध्यमाञ्चल पुरुष/महिला दुवैमा च्याम्पियन बन्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा मध्यमाञ्चलले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई ८०–७७ को साँघुरो अन्तरले पराजित ग¥यो । विजेताका विपिन महर्जनले १८ अंक जोडे । नेपाल प्रहरी क्लबले एपीएफ क्लबलाई ८८–७४ ले हराउदै तेश्रो भयो । प्रहरीका सन्देश तामाङले २२ स्कोर गरे ।

महिलाको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ६३–४४ ले पाखा लगाउदै उपाधि रक्षा ग¥यो । विजेताकी अनुषा मल्लले २२ अंक जोडिन् । आर्मीले तेश्रो स्थानमा चित्त बुझायो । आर्मीले पश्चिमाञ्चललाई ४१–२७ ले पन्छायो । आर्मीकी लक्ष्मी चौधरीले १६ स्कोर गरिन् ।

विजेतालाई सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगिताको पुरुषमा ८ र महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…