तीन कक्षासम्म अनिवार्य अङग्रेजी माध्यमबाट पढाइ हुने

भक्तपुर । सूर्यविनायक नगरपालिकाले शैक्षिक सत्र २०७५ देखी नगरभित्रका सबै सामुदायिक विद्यालयहरुमा प्रारम्भिक वाल विकास कक्षा एकदेखी तीनसम्म अनिवार्य अङग्रेजी माध्यमबाट पठनपाठन गराउने भएको छ ।

नगरसभाले शैक्षिक सत्र २०७८ सा भित्र १२ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउने महत्वकांक्षी व्यवस्था गरेको छ ।दोस्रो नगर सभाले नेपालको संविधान २०७२ ले स्थानीय तहलाई दिएको अधिकार क्षेत्रभित्र परेका विभिन्न कार्यहरु सुचारु रुपले संचालन गर्न विभिन्न विधेयकहरु र निर्देशिका तथा कार्यविधिहरु पारित गरेको छ ।

सभाले नगरपालिका क्षेत्र भित्रको योजना तथा कार्यक्रम व्यवस्थित रुपमा संचालन गर्न योजना तथा कार्य संचालन निर्देशिका,व्यवसायिक विज्ञापनका लागि विज्ञापन कर निर्देशिका, त्यसरी नै सभाले नगरभित्रका पसल तथा व्यवसाय संचालनलाई एकिन गर्न व्यवसायिक कर निर्देशिका र पूर्व प्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका पारित गरेको छ ।

नगरसभा सम्पन्नपछि प्रवक्ता उपेन्द्र केसीद्वारा जारि विज्ञप्तिमा उल्लेख छ । निर्माण व्यवसाय नियमन गर्ने निर्देशिका तयार गरिएको उल्लेख गर्दै उपभोक्ता हक हितका लागि बजार अनुगमन निर्देशिका पारित गरेको बताइएको छ ।

सरसफाई तथा व्यवस्थित शहर विकासका लागि सरसफाई तथा फोहरमैला व्यवस्थापन र जग्गा प्लटिङ सम्बन्धी कार्यविधि समेत पारित गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…