जोडियो राष्ट्रिय प्रसारणमा चमेलियाको १५ मेगावाट

लोकेन्द्रप्रसाद जोशी
दार्चुला । शैल्यशिखर नगरपालिका–१ बलाँचमा निर्माण भएको चमेलिया जलविद्युत् आयोजनाले शुक्रबार १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ ।

२ युनिट रहेको ३० मेगावाट क्षमताको आयोजनाको एउटा युनिट अर्थात १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले बताए ।

आयोजनाले २३ नोभेम्बरबाट १३२ केभि प्रसारण लाइन चार्ज गरेको थियो भने जनवरी १४ देखि १७ सम्म लोड रिजेक्सन टेस्ट गर्ने छ । आयोजनाले पिक आवरमा चाँडै राष्ट्रिय प्रसारणलाई विद्युत् दिने तयारीसमेत गरेको छ ।

आयोजनामा सशस्त्रको सुरक्षा
चमेलिया जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको ३५ नेपाली सेना शुक्रबार ब्यारेक फर्किएको छ । सशस्त्र प्रहरी बलका डिएसपी श्याममणि ढकालको नेतृत्वमा सशस्त्रको ५० जनाले सुरक्षा दिने भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…