स्वास्थ्यमन्त्रीसँग मध्यरातमा भएको सहमतिपछि डा. केसीले अनशन तोड्ने

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा लगायतका मागहरु राखी गत सोमबारदेखि अनशनरत डाक्टर गोविन्द केसीले आज अनशन तोड्ने भएका छन् ।

शुक्रबार मध्यराति स्वास्थ्यमन्त्री दीपक बोहरासँगको वार्ता र पाँच बुँदे सहमति भएपछि डा. केसीले अनशन तोडन लागेका हुन् ।

मन्त्री डा. केसीका बीचमा भएकोे पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा अध्यादेश बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सात दिनभित्र सिफारिस समिति गठन, त्रिवि शिक्षण अस्पतालको डिनमा प्रा.डा.जगदीशप्रसाद अग्रवाललाई निरन्तरता दिइने, यस अघि सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीध्र कदम चाल्ने र आइओएमको अधिकार फिर्ता सम्बन्धी त्रिवि नियमावली संशोधन गर्नका लागि तत्काल सिनेटको बैठक बोलाउने लगायतका बिषयमा सहमति भएको छ

त्यस्तै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र अदालतमा विचाराधीन केसी विरुद्धको मानहानिसम्बन्धी मुद्दाका बारेमा भने सहमतिमा कुनै उल्लेख गरिएको छैन । सहमतिको ५ नं बुँदामा डा. केसीले आमरण अनशन अन्त्य गर्ने उल्लेख छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…