बोको हरामको आक्रमण २० को मृत्यु, सर्वसाधारणको मृत्यु, १५ बेपत्ता

एजेन्सी । जङ्गलमा दाउरा खोजिरहेका २० जना गाउँलेको मृत्यु भएको छ ।

बोको हरामका लडाकू सदस्य र स्थानीयबासिन्दाले शुक्रबार दिएको जानकारी अनुसार आम नागरिक विरुद्ध लडाकूहरुले गरेको आक्रमणमा परी उत्तरपुर्बी नाईजेरियामा उनीहरु मारिएका हुन् ।

मोटरसाइकलमा आएका बन्दुकधारी आक्रमणकारीहरूले दाउरा संकलन गरिरहेका दाउरेहरूमाथि जथाभावी बन्दुक प्रहार गरेका थिए ।

घटना सोमबार बोर्नो राज्यको राजधानी माईडुगुरी नजिकै पर्ने काजे गाँउमा भएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।

घटनापछि अरु १५ जना हराइरहेका र आक्रमणकारीद्वारा त्यत्तिकै संख्यामा गाउँलेहरू अपहरणमा लिएकोे लडाकूका नेता इब्राहिम लिमानले जानकारी दिए ।

नाईजेरियाको सरकार र सेनाले आक्रमणकारी इस्लामिक स्टेट (आइएस) लडाकू समूहसँग आबद्ध भएकोे बताउदै आएका छन् ।

नाईजेरियामा सन् २००९ देखि सुरु भएको द्वन्द्वमा परी अहिले सम्म २० हजार नागरिक मारिएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…