सरकारले बनाउला त रुक्मांगद कटुवाललाई प्रदेश प्रमुख ? (भिडिओसहित)

काठमाडौँ । निर्वाचनअघि नै प्रदेश प्रमुख नियुक्ति हुनुपर्ने थियो । तर शेरबहादुर देउवा सरकारले यो काम गर्न सकेन ।

सरकारमा सहभागी नेकपा माओवादीका मन्त्रीलाई विना विभागीय बनाउने कामसँगै सत्तामा रहेकै दलहरुबीच सहकार्य टुटेको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग कांग्रेसको सम्वाद नै थिएन । अरु साना पार्टीहरु टुटफुटसहित सरकारमा जान हतारिएका थिए । सरकार निर्वाचनमा होमिएको थियो । त्यसैले प्रदेश प्रमुख नियुक्ति रोकियो र निर्वाचन भएको एक महिना नाघ्दासमेत नियुक्तिमा सरकार सफल देखिएको छैन ।

शुक्रबार मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्ने तयारी थियो । तर सरकार त्यसमा पनि निर्णयविहीन भयो र केयरटेकर सरकार हुँदाहुँदै कार्यकर्ता भर्ती र नियुक्तिमा अल्झियो । प्रदेश प्रमुखमा खासगरी माइती नेपालका अनुराधा कोइराला र पूर्व सेनापति रुक्मांगद कटुवालले रहर गरेको खबर आइरहेको छ ।

सरकार कुनै न कुनै पूर्वप्रशासक, सामाजिक क्षेत्रमा पहिचान बनाएकालाई प्रदेश प्रमुख बनाउने तयारीमा देखिन्छ । तर, रुक्मांगद कटुवाल प्रदेश प्रमुख बन्लान् ? बने भने कस्तो होला राजनीतिक परिदृश्य ? कटुवालको आगमनले अस्थिर राजनीति स्थिरतामा जाला या अरु अस्थिर हुँदै आन्दोलन मच्चिएला ? या प्रदेश सांसदहरुको शपथ अघि युवा आन्दोलित होला भनेर कटुवालको नियुक्ति रोकेर बस्दा अरु प्रदेश प्रमुख पनि तोक्न नसकेको हो सरकारले ?

हेर्नुहोस् जनता टेलिभिजनको कार्यक्रम बाइलाइनको पूरा भागः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…