पुजामा बालेको धूपबत्ती सल्केर आगलागी हुँदा ३० लाख क्षति

काठमाडौं । काठमाडौं महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा शुक्रकार राति भएको आगलागीमा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

पुजामा बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख किशोर श्रेष्ठले आगलागीबाट हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भएको जानकारी दिए ।

आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी तथा काठमाडौं, ललितपुर र भक्तपुरका दमकलबाट नियन्त्रणमा लिइएको थियो । त्यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य र राजेश शाक्य राति नै घटनास्थल पुगेका थिए । घटनामा मानवीय क्षति भएको छैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…