तीन वटा सवारी साधान एक आपसमा जुध्दाँ, आठ घाइते

भूमीराज पराजुली

झापा । दमकस्थित रतुवा पुलमा शनिबार बिहान सवारी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

तीन वटा सवारी साधन एक आपसमा ठोक्किदाँ आठ जना घाईते भएका हुन् । पूर्वबाट पश्चिम तर्फ आउदै गरेको मे १ ख १७१० नम्बरको बस, विपरित दिशाबाट जाँदै गरेको को १ ख ३६५९ नम्बरको बस एक आपसमा ठोक्किएका थिए । सो लगत्तै पूर्वबाट पश्चिम तर्फ आउदै गरेको मे १ त ४७५४ ट्रयाक्टर पुन बससँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनमा कन्काई–५ का १६ वर्षिया कृपा भुजेल, विराटनगर–२ का १५ वर्षिया भवना कामत, बस चालक कन्काई नगरपालिकाका २९ वर्षीय लक्ष्मी कुमाल, खादवारी– १ का ७४ वर्षीया चन्द्रमाया लिम्वु, ७८ वर्षीया गणेशदेवी लिम्वु, ६७ वर्षीया बुधसैन लिम्वु, रामधोनी–५ का सवारी चालक चुलहाई चौधरी र चुलाचुली–१ का रामबहादुर राई घाइते भएका छन् ।

घाईतेहरुको दमक स्थित लाईलाईन अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…