नाट्टाको अध्यक्षमा सिएन पाण्डे निर्वाचित

काठमाडौं । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस (नाट्टा) को अध्यक्षमा सिएन पाण्डे झिनो मतान्तरले विजयी भएका छन् ।

नाट्टाको ५१औँ साधारणसभापछि शुक्रबार राति भएको निर्वाचनमा दीपेन्द्रकुमार शर्मालाई छ मतले पछी पार्दै पाण्डे विजयी भएका हुन । खसेको कुल ४ सय २० मत मध्ये पाण्डेले २ सय १२ र शर्माले २ सय ६ मत प्राप्त गरे । चार सय ६७ मतदाता रहेको नाट्टामा ४ सय २० मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

यस्तै प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाईं, द्वितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा रमेश थापा, सचिवमा सविता भट्टराई, कोषाध्यक्ष रामप्रसाद श्रेष्ठ र सहकोषाध्यक्षमा सुरेन्द्र भट्टराई निर्वाचित भएका छन् ।

पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता सङ्ंगठन नाट्टाको झापा, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…