छ नम्बर प्रदेशको सुर्खेतमा खुल्यो निर्वाचन कार्यालय

सुर्खेत । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ नम्बर प्रदेशकाे निर्वाचन अधिकृतको कार्यालय सुर्खेत स्थापना गरिएको छ । मुख्यनिर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेल र प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले संयुक्त रुपमा शनिवार कायालय उद्घाटन गरेका छन् ।

राष्ट्रियसभा सदस्यको लागि ६ नम्बर प्रदेश अन्तरगत पर्ने १० जिल्लाका प्रदेशसभा सदस्यसिहत ५० नगरपालिका मेयर, उपमेयर र १ सय ८ गाउँपालिकाकाअध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन् । ६ नम्बर प्रदेशमा महिला पुरुषसहित १ सय ९ मतदाता छन् ।

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश ६ बाट ८ जना सदस्य निर्वाचित हुने  निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । पौडेलका अनुसार त्यसमध्ये  ३ जना खुल्ला, ३ जना महिला, १ जना अल्पसंख्यक र १ दलित सदस्य चुनिने छन् ।

निर्वाचन आयोगले ७ माघमा मतदाता नामावली प्रकाशन गर्नेछ । दाबी विरोध पनि त्यहीदिन गर्नुपर्ने आयोगले जनाएको छ । माघ ८ र ९ गते उजुरी उपर छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने आयोगको तयारी छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…

काठमाडौं । इलाममा २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि काठमाडौं ल्याइएको छ । डा. केसीको मुटुमा…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…