उमेर ४३, सन्तान ७, भन्छिन्, ‘पहिला भन्दा झन् सुन्दरी छु’

एजेन्सी । मानिसलाई आफ्नो उमेर ढल्कँदै गएपछि सुन्दरता बिग्रन्छ कि भन्ने ठूलो चिन्ता हुन्छ । अझ सन्तानको आमा भएपछि सुन्दरता बिग्रने चिन्ताले महिला बढी पिरोलिन्छन् । तर सन्तान जन्माएर पनि स्वस्थ, सुन्दर रहन सकिने सुझाव दिएकी छन् जेसिका एंसलो । उनको इन्स्टाग्राममा पोष्ट भएका तस्बिरहरुले उनी कतै पनि ४३ वर्षकी र ७ सन्तानकी आमा भन्ने झल्को देखिँदैन ।

सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहने जेसिकाले व्यस्त जिन्दगीको अधिकांश तस्बिर इन्स्टामा पोष्ट गरेकी छन् । सन १९९४ मा १९ वर्षमा आमा बनेकी थिइन् । दुई विवाह गरेकी जेसिकाको पहिलो विवाहबाट ४ र दोस्रो विवाहबाट तीन सन्तान छन् । पछिल्लो समय उनी सन् २०१३ मा आमा बनेकी थिइन् ।

भन्छिन्, ‘महिलाले चाहे आफ्ना शरीर सुन्दर राख्न सक्छिन् ।’ भन्छिन्, ‘हप्तामा तीनपटक जिम जान्छु । बिहानै उठेर ‘कार्डियो’ अर्थात् मुटु स्वस्थ राख्न व्यायाम गर्छु ।’ जेसिकाको सुझाव छः ‘सुन्दर रहन यति त गर्न सक्नुहुन्छ, त्यसपछि फलफूल खानुस्, खानामा प्रोटिन हुनुपर्छ ।’ इन्स्टाग्राममा १ लाख २५ हजार फलोअर रहेका जेसिका भन्छिन्, ‘आमा बनेँ, शारीरिक सुन्दरताबारे जब सचेत बने, पहिले भन्दा अहिले झन् राम्री छु ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…