‘मुलुकले धेरै अप्ठ्यारा पार गर्यो, सही बाटो पहिल्याउन सकेन’

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको अहिलेको मुख्य चुनौति सुशासन र विकास भएको बताएका छन् ।

‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीतिक संक्रमणकाल करिब करिब अन्त्यतिर आइसकेको छ तर मुलुकमा केही चुनौति अझै बाँकी नै छन्’ देशभक्त गणतान्त्रिक मञ्चले शनिबार गरेको कार्यक्रम उनले भने, ‘हामी पहिला राजनीतिक लडाइमा थियौ, शासन व्यवस्था परिवर्तनको लागि लड्यौ त्यसको निम्ति हजारौले बलिदानी समेत दिनुपर्याे । कयौ बेपत्ता भए, हजारौले अंगभंग  युक्त जीवन बाँच्नु परेको छ । मुलुक अझै सही ट्याकमा आइसकेको छैन । सही बाटो पहिल्याउन सकेको छैन । अहिलेको अवस्थामा आउनको लागि पनि मुलुकले विभिन्न किसिमका चुर्नौतिहरुको सामना गर्नु परेको छ  ’

अध्यक्ष दाहालले मुलुकको वृहतरहितको लागि वाम गठबन्धन सरकार अपरिहार्य भएको दोहोर्याए । ‘ हामीले यत्तिकै पार्टी एकताको कुरा गरेका होइनौ’ उनले भने, ‘राजनीतिक अस्थिरता अन्त्य गर्न, सुशासन र विकासलाई गति दिन  एमाले र माओवादी केन्द्रबीच एकता गर्न लागिएको हो । यो एकतासँग नेपालको भविष्य गाँसिएको छ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…