राष्ट्रिय सुटिङ प्रतियोगितामा कृष्ण र स्नेहालाई स्वर्ण

काठमाडाैं । नेपाल आर्मीका कृष्ण घोरासैनी र पश्चिमाञ्चलकी स्नेहाराज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औं पुरुष तथा २२ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । १० मिटर एयर राईफलको पुरुषमा कृष्ण र महिलामा स्नेहा पहिलो भए । कृष्णले र स्नेहाले समान २२६–२२६ अंक जोडे ।

पुरुषमा २२४ अंकसाथ आर्मीका सुशे चौधरी दोश्रो र २०४ अंकसाथ मध्यपश्चिमाञ्चलका पवन घिमिरे तेश्रो भए । महिलामा मध्यमाञ्चलकी सिन्धुजा बस्नेत (२२४ अंक) दोश्रो र प्रहरीकी कल्पना परियार (२०२ अंक) तेश्रो भए ।

पुरुष १० मिटर एयर पेस्तोलमा आर्मीका विष्णुकुमार विश्वा मगर (१५८ अंक) पहिलो, मध्यमाञ्चलका सुमन तुलाधर (१५७ अंक) दोश्रो र आर्मीका कुवेर केसी (१५५ अंक) तेश्रो भए ।

सो स्पर्धाको महिलामा प्रहरीकी सीमा तुलाधर, पश्चिमाञ्चलकी श्रेया केसी र आर्मीकी सरिता बस्नेतले शीर्ष तीन स्थान हात पारे । फाइनल २४० अंकमा प्रतिस्पर्धा भएको थियो । यसअघि ४ वटा टिम इभेन्टमा आर्मीले ३ तथा मध्यमाञ्चलले १ स्वर्ण जितेका थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले पुरस्कार वितरण गरे ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…