सलमान खान को ‘बिग बोस’ मा रानी मुखर्जीसँगै आउने

एजेन्सी । बालिउडका सदावहार नायक सलमान खान र नायीका रानी मुखर्जी लामो समय पछि सलमानको रियलिटी शो ‘बिग बोस’ मा एकै साथ देखा पर्ने भएका छन् ।

‘चोरी चोरी चुपके चुपके’ र ‘हेल्लो ब्रदर’ लगायतका सिनेमामा यो जोडीले एक साथ काम गरेका थिए । सलमान र रानीबीच गहिरो मित्रता रहेको भारतीय सिने क्षेत्रमा बेला बेला चर्चा हुने गर्छ ।

सलमान खानको रियलिटी शो ‘बिग बोस’ बलिउड सिनेमा प्रमोट गर्ने प्लेटफर्म बनेको छ । शाहरुख खान, अक्षय कुमारलगायतका स्टारहरु आफ्नो फिल्म प्रमोशन गर्न सलमान खानको उक्त शो मा आउने गर्छन ।

यस्तै रानी मुखर्जी पनि आफ्नो फिल्म ‘हिचकी’ को प्रमोशन गर्न ‘बिग बोस सीजन ११’ मा जाने तयारीमा छिन् । उक्त शो मा सलमान खान र रानी मुखर्जी लामो समय पछि पुनःएक साथ देखिन लागेका हुन् ।

‘हिचकी’ को ट्रेलरमा रानीको अभिनय दर्शकले मन पराइसकेका छन् । उनको यो फिल्म २३ फेब्रुअरीमा प्रदर्शन हुँदै छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…

काठमाडौं । इलाममा २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि काठमाडौं ल्याइएको छ । डा. केसीको मुटुमा…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…