वासिङ्टन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई उल्लेख भएको एउटा समाचारको खण्डन गरेको छ ।
ट्रम्पको भनाइ कोट गर्र्दै अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा छापिएको समाचार सत्य नभएको, तथा राष्ट्रपति ट्रम्पलाई गलत उद्धरण गरिएको ह्वाइट हाउसको भनाई छ ।
पत्रिकालाई दिएको अन्तरवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो राम्रो सम्बन्ध रहेको भनेको भनी प्रकाशन गरिएको थियो ।
तर राष्ट्रपति ट्रम्पले त्यसो नभनेको र गलत उद्धरण गरेको भन्दै खण्डन गरेको छ । ह्वाइट हाउसका प्रवक्ता सराह स्यान्डरर्स्ले भने ‘राष्ट्रपति ट्रम्पले त्यसो भन्नुभएको छैन ।’
उनले आफ्नो सम्बन्ध उत्तर कोरियाली नेतासँग राम्रो रहेको भनेर अन्तरवार्तामा नभनेको भनी दाबीसहितको विज्ञप्ति जारी गरेका छन् ।
अन्तरवार्ताको अडियो रेकर्ड ह्वाइट हाउसका प्रवक्ता स्यान्डर्स् र सो वाल स्ट्रिट जर्नल पत्रिकाले वेभसाइटमा राखेको छ ।
पत्रिकाको शनिबारको अंकमा उनको अन्तरवार्ता छापिएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सम्बन्ध उत्तर कोरियाली नेतासँग रहेको भनी दिइएको अन्तरवार्ताको अमेरिकामा निकै चर्चा भएको थियो । चर्चापछि ह्वाइटहाउसले समाचारको खण्डन गरेको हो ।
पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच असमझदारी बढ्दो छ । उत्तर कोरियाले बारम्बार गर्ने गरेको क्षेप्यास्त्र परीक्षणका कारण उसँगको अमेरिकी सम्बन्ध बिग्रिएको हो । एएपफी