सिटीस्क्यान विहीन जुम्ला अस्पताल, सामान्य उपचार पनि हुँदैन

हरिकृष्ण कुमाई

जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटीस्क्यान, आसियु र एमआरआई उपकरण नहुँदा उपचारमा समस्या भएको छ ।

अस्पतालका हाड जोर्नी विशेषज्ञ देउमान लिम्बुले प्रतिष्ठानमा चोट पटक लागेका बिरामीको उपचार गर्न गाह्राे भएकाे बताए । ‘बिरामीको अवस्था हेरेर मात्र भर्ना लिनु पर्ने अवस्था छ’ उनले भने, ‘उपकरण नभएकै कारण टाउकोमा चोट लागेका विरामी आए उनीहरुलाई भर्ना नै नलिइ नेपालगंज रिफर गर्छौ ।’

अस्पताल रजिष्टार विश्वराज काफ्लेले ती उपकरण यसै वर्षमा ल्याउनको् लागि पहल भइरहेको जानकारी दिए । रजिष्टार काफ्लेका अनुसार सिटी स्कान मेसिन खरिद गर्न करिब ३ करोड रुपैयाँ आवश्यक छ । तर अस्पतालसँग किन्ने क्षमता छैन । मेशीन किन्नको लागि स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरिएको उनले बताए ।

प्रतिष्ठानमा प्रायः रगत अभाव हुने गरेको छ । भर्ना भएका बिरामी मध्ये गर्भवतीलाई रगत बढी आवश्यक पर्ने गरेको छ । विरामीलाई रगत चाहिँदा नेपाली सेना, नेपाल प्रहरी र बासिन्दाले दिदै आएका छन् । रगत, सिटी स्कान र अक्सीजन अभाव भएको अवस्थामा विरामीलाई नेपालगञ्ज स्थान्तरण गर्नुपर्ने वाध्यता छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…