संविधानको दायरा नबुझी सत्ता हस्तान्तरणको माग नगर्नुः प्रम देउवा

भिम चौधरी

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिनभित्रै प्रदेश प्रमुख र राजधानी तोक्ने बताए ।

कैलालीको गोदावरीमा वाह् राशी मकर मेलाको उद्घाटन गर्र्दै प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र राजधानी तोक्न ढिलाइ भएको भन्दै सहमति नभएपनि तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी सरकारले तोक्ने बताए ।

प्रधानमन्त्री देउवाले निर्वाचनमा कसैको बहुमत नआएको बताउँदै संसद गठन नभएकाले कसलाई सत्ता सुम्पने प्रति प्रश्न गर्दै भने, कानुनी प्रक्रिया, संविधानको दायरा केही नबुझीकन सत्ता हस्तान्तरणको माग मात्र राखेर केही हुँदैन ।’

प्रधानमन्त्री हुन चाहने अगाडी आउनुपर्ने बताउँदै देउवाले कानुनसम्मत रुपमा अगाडि आए आफूले एक मिनेटमै सत्ता छोड्न तयार भएको बताए ।

राष्ट्रियसभा निर्वाचन पछि संसदले पूर्णता पाउने बताउँदै देउवाले त्यसपछि नयाँ सरकार गठन हुने बताए । देउवाले गोदावरी क्षेत्रका धार्मिक तथा पर्यटकीय महत्व बोकेका क्षेत्रहरुको विकासका लागि आफ्नो सदैव प्रयत्न रहिरहने प्रतिबद्धता समेत ब्यक्त गरे ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…