निर्वाचनमा बेहोरेको हारको बिषयमा छिट्टै छलफलः प्रवक्ता शर्मा

काठमाडौं । कांग्रेसले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको बताएका हुन् ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता शर्माले पार्टी भित्र भएकाे पराजयबारे गम्भीर समीक्षा गरेर नवजीवन दिने बाटोमा अगाडि बढ्नेमा जोड दिएका छन् ।

उमेर भन्दापनि ईच्छा शक्तिलाई आत्मसाथ गर्दै देश र समाज बदल्ने दिशामा कांग्रेस अगाडी बढ्ने उनको भनाई थियो । आवश्यक परे केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने प्रवक्ता शर्माले स्पष्ट पारे ।

कांग्रेसले कुनै पार्टीको कुनै नेतालाई प्रधानमन्त्री हुन प्रस्ताव नगरेको स्पष्ट गर्दै पार्टीले जनादेशलाई आत्मासात् गरेर अगाडि बढ्ने र प्रतिपक्षको भुमिकामा बस्ने नेता शर्माले बताए ।

नेता शर्माले सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने जानकारी दिँदै राष्ट्रियसभाको निर्वाचनपछि आगामी फागुनको पहिलो वा दोस्रो हप्तामा नयाँ सरकार बन्ने बताएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…