टेलिकमले देशभर फोरजी सेवा सुरु गर्दै

काठमाडौं । नेपाल टेलिकमले २८ महिना भित्र देशभर फोरजी सेवा संचालनमा ल्याउने प्रतिवद्धता जनाएको छ ।

नेपाल टेलिकमले १० औं वार्षिक साधारण सभाको अवसरमा २८ महिना भित्र देशभर फोरजी सेवा संचालनमा ल्याउने प्रतिवद्धता जनाएको छ ।

कार्यक्रममा टेलिकमका अध्यक्ष केदारबहादुर अधिकारीले मूल्यांकन समिति बनाएर २८ महिना भित्र देशभर फोरजी सेवा संचालनका लागि आवश्यक काम सुरु गरिएको जानकारी दिए ।

सूचना तथा संचार मन्त्रालयका सचिव समेत रहेका उनले नौं महिना भित्र फोरजी सेवाका लागि प्र्राविधिक काम सम्पन्न गरिसक्न टेलिकम व्यवस्थापनलाई निर्देशन दिएको जानकारी गराए ।

अध्यक्ष अधिकारीले गुणस्तरीय सेवा दिनका लागि पनि टेलिकम व्यवस्थापनलाई पुनः सचेत गराए । उनले टेलिकम सेवा अन्तराष्ट्रिय सेवाको तुलनामा गुणस्तरीय रहेको दावी समेत गरे । नेपाल टेलिकमले गुणस्तरीय सेवा दिन नसकेको गुनासो आईरहेको छ ।

अध्यक्ष अधिकारीले आम उपभोक्तालाई गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउन टेलिकम व्यवस्थापनलाई आवश्यक निर्देशन दिइएको बताए ।

नेपाल टेलिकमले यस वर्ष १५ अर्ब ३७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा यस वर्ष ग्राहकको संख्या १७ प्रतिशत वृद्धि हुन गएको पनि टेलिकमले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…

काठमाडौं । इलाममा २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि काठमाडौं ल्याइएको छ । डा. केसीको मुटुमा…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…