एक सय तीन मध्ये ३९ जनाले मात्र बुझाए खर्च बिवरण

बाँके । प्रतिनिधी र प्रदेशसभाको उम्मेदवारी दिएका एक सय तीन जना मध्ये अहिलेसम्म ३९ जनाले मात्र खर्च बिवरण बुझाएका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी काशिलाल अधिकारीका अनुसार समय नजिकीदैँ गर्दा राजनीतिक पार्टीलाई निर्बाचन कार्यालयले ताकेता गर्दै आएको बताए ।

निर्बाचन सम्पन्न भएको ३५ दिन भित्र सबै राजनितिक पार्टीहरुले आफ्नो खर्च बिबरण निर्बाचन कार्यालयमा बुझाउनु पर्ने भएपनि पौषको अन्तिम दिन सम्म जम्मा ३९ जनाले मात्र खर्च विवरण बुझाएको निर्बाचन कार्यालयका सुचना अधिकारीले जानकारी दिए ।

नेपाली कांग्रेसका प्रतिनिधीसभा सदस्य एक र प्रदेशसभा सदस्य चार जनाले आफ्नो खर्च बिबरण बुझाएका छन् । नेकपा एमालेका प्रतिनिधी सभा सदस्य दुई र प्रदेश सभा सदस्यमा तीन जनाले खर्च बिवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

माओवादी केन्द्रका तर्फबाट प्रतिनिधी सभा सदस्य एक र प्रदेश सभा सदस्यमा अहिलेसम्म कसैले आफ्नो खर्च विवरण बुझाएका छैनन् । नयाँ शक्ति पार्टीका प्रतिनिधी सभा सदस्यमा दुई र प्रदेश सभामा चार जनाले खर्च विवरण बुझाएका छन् ।

संघीय समाजवादी फोरमले प्रतिनिधी र प्रदेश सभा सदस्यमा दुई–दुई जनाले खर्च विवरण आयोगमा बुझाएका छन् । राष्ट्रिय जनमोर्चाले प्रतिनिधी मा ३ र प्रदेशमा पाँच जनाले निर्वाचन कार्यालयमा खर्च बिवरण बुझाएका छन् ।

स्वतन्त्र उम्मेदवार प्रदेश सभा सदस्या एक, राप्रपा प्रतिनिधी सभा सदस्य एक, जनसमाजबादी पार्टी प्रतिनिधीमा एक र प्रदेशमा दई, नेपाल संघिय समाजबादी पार्टी प्रदेश सभा सदस्यमा एक, राप्रपा राष्ट्रवादी पार्टी प्रतिनिधी सभा सदस्यमा एक, राष्टिय जनता पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेश सभा सदस्यमा एक र दुई जनाले आफ्नो खर्च विवरण निर्बाचन कार्यालयमा बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका सुचना अधिकारी ले जानकारी दिए ।

प्रतिनिधी सभा सदस्यमा ३५ जना उम्मेदवार रहेको बाँकेमा १४ जना र प्रदेश सभा सदस्यमा ६८ जना उम्मेदवार रहेको मा २५ जनाले मात्र खर्च विवरण बुझाएको क्षेत्रीय निर्बाचन कार्यालय बाँकेका सुचना अधिकारी काशिलाल अधिकारीले बताए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…