चिसोबाट रौतहटमा १८ को मृत्यु

प्रिमेश शिवाकोटी

रौतहट । रौतहट जिल्लामा चिसोबाट कठ्यांग्रिएर १८ जनाको मृत्यु भएको छ । शनिवार २ र आइतबार १ जना गरी जाडोबाट मर्नेको संख्या १८ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार शनिबार राती खाना खाएर सुतेकी चन्द्रपुर नगरपालिका–७ बनबहुअरीकी ६३ बर्षिय सरस्वती अधिकारीको चिसोले ज्यान गएको छ, भने शुक्रवार राति खाना खाएरै सुतेका दुर्गा भगवती गाउपालिका वडा नम्वर–३ मत्सरीका ७० बर्षिय गुगली हजरा मेस्तर र गढीमाई नगरपालिका वडा नम्वर १ समनपुरका ४५ बर्षिय बतहु सरभंगको चिसोबाट कठ्यांग्रिएर मृत्यु भएको छ ।

यसअघि चिसोका कारण १५ जनाले ज्यान गुमाईसकेका छन् । दिनदिनै बाक्लो हुस्सु संगै चलिरहेको शितलहरका कारण रौतहटको तापक्रममा निकै कमी आएको हुदा सामान्य जीवनयापन गर्नेहरु निकै कष्टकर जीवन विताउन बाध्य भएका छन् ।
जिल्ला वन कार्यालयले पर्याप्त दाउरा बितरण नगरेको चिसो पीडितको आरोप छ, भने जिल्लाका सुरक्षा निकायहरुले समेत यसतर्फ कुनै वास्ता नगरेका कारण जाडोमा कठांिग्रएर धेरैले ज्यान गुमाउन सक्ने अवस्था सिर्जना भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…

काठमाडौं । इलाममा २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि काठमाडौं ल्याइएको छ । डा. केसीको मुटुमा…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…