मोटरसाइकल दुर्घटनामा चुरे गाउँपालिकाका अध्यक्षसहित चार गम्भिर घाइते

भिम चौधरी
कैलाली । मोटरसाइकल दुर्घटनामा चुरे गाउँपालिकाका अध्यक्षसहित चार जना घाइते भएका छन् ।

आइतबार दिउँसो गौरीगंगा नगरपालिका–३, कुचैनी पुल नजिकमा मोटरसाईकल एक आपसमा ठोक्किदा चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगरसहित चार जना घाइते भएका छन् ।

गाउँपालिका अध्यक्ष सवार से ३ प ४१६३ नम्बरको मोटरसाइकललाई पुर्वबाट पश्चिमतर्फ आईरहेको म १ प ५९८३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

अध्यक्ष रोक्का मगरको पद्मा अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था गम्भिर रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । अध्यक्षको बाईकमा सवार चुरे गाउँपालिका बस्ने ४४ वर्षिय प्रेम आचार्य पनि गम्भिर घाइते रहेको प्रहरीले जनाएको छ ।

म १ प ५९८३ नम्बरका मोटरसाईकल चालक गौरीगंगा नगरपालिका बस्ने २४ वर्षिय मुन्ना चौधरी र सवार ३९ वर्षिय जितबहादुर मल्ल सामान्य घाइते भएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…