मदन ढुङ्गानाकाठमाडौँ । हेटौँडा काठमाडौँ सुरुङमार्ग । जम्मा ५८ किलोमिटर दूरी । ४५ मिनेटमा काठमाडौँबाट हेटौँडा यात्रा । ३५ अर्ब रुपैयाँमा सुरुङमार्ग बनाउने भनेर जनतासँग मागियो एक लाख रुपैयाँ शेयर । भनियो, ३० वर्षसम्म दिइन्छ सालिन्दा एक लाख रुपैयाँ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, पूर्व सांसद सुवासचन्द्र ठकुरी, निर्माण व्यवसायी जयराम लामिछानेसँगै चितवनका निर्माण व्यवसायी तथा राजनीतिकर्मी बिक्रम पाण्डे, एनआरएन अध्यक्ष भवन भट्टसँगै हेटौँडाकै व्यवसायी सिद्धिलाल श्रेष्ठहरुले खोले कम्पनीः नेपाल पूर्वाधार विकास कम्पनी ।
तर जनताले शेयर हालेको कम्पनीको ३० करोड रुपैयाँ अनियमितता र भ्रष्टाचार गरेर सिध्याइएको छ । हिरोइनलाई सगरमाथा चढाउन, पूजापाठमा ३८ लाख, भियतनाममा बसेकाले कमिसन लगेछन् ५ करोड । बेहद बदमासी । अर्थात् साढे ४ वर्षमा ३० करोड रुपैयाँ देशविदेश सयरमा सकाइयो ।
त्यतिमात्रै होइन, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको टिबिआई होल्डिङ कम्पनीले नेपाल पूर्वाधार विकास कम्पनीमा लगानी गरेको छ । भवन भट्टले सुरुङ मार्ग निर्माणका लागि १ अर्ब रुपैयाँ लगानी गर्ने भन्दै पत्रकार सम्मेलन गरे । उनले हालेका छन् १० करोड रुपैयाँ । पत्रकार सम्मेलनमा सहभागीलाई चिया र कुकिज र खानासमेत खुवाइयो । तर टिबिआई होल्डिङको ब्यानारमा भएको पत्रकार सम्मेलनको ११ लाख रुपैयाँ खर्च नेपाल पूर्वाधार विकास कम्पनीले बेहोरेको छ ।
हेर्नुहोस् जनता टेलिभिजनको कार्यक्रम बाइलाइनः
https://www.youtube.com/watch?v=FeWlHNhzDeM