लाभको पदमा पुग्छु भनेर एमालेमा लागेको थिइनँ, त्यसैले खुशी छुः ठाकुर गैरे

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले आफू अनेरास्ववियुमा अध्यक्ष हुँदा प्रारम्भिक कमिटीमा रहेका साथीहरुले प्रदेश सभादेखि राष्ट्रिय सभासम्ममा अवसर पाएकामा खुशी लागेको बताएका छन् ।

जनता टेलिभिजनको कार्यक्रम ‘सन्दर्भ’ मा समाचार संयोजक रामकुमार एलनसँगको कुराकानीमा नेता गैरेले भने, ‘म एमालेमा लाग्दा अवसर र लाभका पदमा पुग्छु भनेर लागेको थिइनँ, त्यसैले खुशी नै छु ।’

राष्ट्रिय सभामा गैरेको नाम नपरेपछि सामाजिक सञ्जालमा गैरेमाथि अन्याय भएको भनेर नेतृत्व पंक्तिको आलोचना भएको थियो । एमाले स्थायी कमिटी बैठकमा समेत गैरेका पक्षमा निर्णय नभएको भन्दै उपमहासचिव घनश्याम भुषाल र सचिव योगेश भट्टराईले नोट अफ डिसेन्ट लेखेका थिए । ‘सबैले सम्झने ठाउँमा पुगेको छु, यसैमा खुशी छु,’ गैरेले भने, ‘म किन परिनँ, पार्ने ठाउँमा भएकाहरुलाई ल्याएर यही कुर्सीमा राखेर सोध्नुहोला ।’

कुराकानीको पूरा भाग हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…