‘प्रदेश ३ काे मुख्यमन्त्रीमा अष्टलक्ष्मीको विकल्प छैन’

तीर्थ न्याैपाने

काठमाडौं । नेकपा एमालेका पाेलिटव्यूराे सदस्य अरुण नेपालले प्रदेश नम्बर ३ को मुख्यमन्त्री पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई नै बनाउनुपर्ने बताएका छन् ।

‘हरेक दृष्ट्रिले ३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मीको विकल्प छैन’ सिन्धुपाल्चोक क्षेत्र नम्बर १, ख का प्रदेशसभा सदस्य नेपालले सोमबार जनता समाचारसँग भने, ‘मुलुकको ७ वटा प्रदेश मध्ये, यही एउटा प्रदेशमा मात्र महिला मुख्यमन्त्री हुने स्थिति देखिएको छ । महिला सहभागिताको आवाज उठिरहेको बेला मुख्यमन्त्रीहरु पनि समावेशी हुनुप¥यो नि । जनसंख्या अनुसार ३ नम्बर प्रदेशमा तामाङ वा नेवार मुख्यमन्त्री बनाउनुपर्ने हुन्छ । त्यसकारण यहाँ अष्टल्ष्मी नै उपयुक्त हो ।’

काठमाडौ क्षेत्र नम्बर ८ को ख बाट प्रदेशसभा सदस्य बनेकी शाक्य एमालेको ३ नम्बर प्रदेश संयोजक हुन् । निर्वाचनअघि बसेको प्रदेश समिति बैठकले मुख्यमन्त्री शाक्यलाई बनाउने निर्णय गरेको थियो । एमालेको ३ नम्बर प्रदेश समितिमा शाक्यको साथै नेता नेपाल, पशुपति चौलागाई, काशीनाथ अधिकारी, सानुकुमार श्रेष्ठ र केदार न्यौपााने छन् ।

माओवादी केन्द्रसँगको भागबण्डामा प्रदेश नम्बर ३ को मुख्यमन्त्री एमालेलाई परेको छ । मुख्यमन्त्रीमा शाक्य, नेपाल, चौलागाई र राजेन्द्र पाण्डेको चर्चा छ । चर्चामा रहेका मध्ये पाण्डे बाहेक अरु सबैले शाक्यलाई समर्थन गर्ने संभावना देखिएको छ ।

राजनीतिमा लामो समयदेखि क्रियाशील शाक्यलाई एमालेले २०६५ सालमा उपराष्ट्रपति उम्मेदवार बनाएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…