अन्तर्राष्ट्रिय मिडियाले सन्दीपलाई अष्ट्रेलियाली क्रिकेटर सेन वार्नसँग तुलना गरेका थिए (भिडियोसहित)

काठमाडौं । सन्दीप लामिछाने,नेपाली क्रिकेटको चर्चित नाम । नेपाली राष्ट्रिय टोलीको जर्सीमा मैदान उत्रिने सन्दीप अब पहिलोपटक भारतमा इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा देखिनेछन ।

भारतको चर्चित प्रतियोगिता आईपीएलमा सन्दीप अब दिल्ली डेयर डेभिल्सका लागि खेल्नेछन् । आइतबार भएको अक्सनमा दिल्लीले १७ वर्षीय लेग स्पीनर सन्दीपलाई २० लाख भारतीय रुपैयाँमा किनेको हो । सन्दीपले आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप को १६ अप्रिल २०१६ को नामिबिया विरुद्धको खेलबाट लिस्ट ए क्रिकेट सुरुवात गरेका थिए ।

यसअघि उनी नेपालको अन्डर १९ क्रिकेट टिममा परेका थिए । उनले एकपटक १९ वर्षमुनीको टोलीका कप्तानी समेत सम्हाली सकेका छन् । सेप्टेम्बर २०१६ मा उनलाई अष्ट्रेलिया का पूर्व कप्तान माइकल क्लार्कले सिड्नी स्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्नका लागि बोलाएका थिए ।

त्यसपछि सन्दीप अन्तराष्ट्रिय मिडियामा पनि छाए । दुई वर्षअघि उन्नाइस वर्षमुनीको विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्ध ह्याट्रिक गरेपछि लेग स्पिनर सन्दीप लामिछानेको चर्चा विश्वव्यापी बन्यो । एशोसिएट टोलीबाट सम्भावना बोकेका खेलाडीका रुपमा अन्तराष्ट्रिय मिडियाले सन्दीपलाई अष्ट्रेलियाली महान क्रिकेटर सेन वार्नसँग तुलना गरेर समाचार नै लेखे ।

त्यसयता राष्ट्रिय टिमबाट शानदार प्रदर्शन गर्दै आएका १७ वर्षीय लामिछानेको करिअरमा अर्को कोशेढुंगा बन्न पुगेको छ, आइपीएल ।

भिडियो हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…