राधिका जोशी
क्यान्सर आफैमा ठूलो रोग होइन, जसरी शरीरलाई मधुमेह, उच्च रक्तचाप जस्ता रोेग लाग्छन् क्यान्सर पनि त्यसरी नै लाग्ने सामान्य रोग हो । तर समयमै रोगको पहिचान र उपचारमा ढिला गरियो भने यसले ज्यान लिन सक्छ । शरीर वृद्धि विकासको क्रममा कोषिकाहरुको अनियन्त्रित विकास अर्थात् धेरै कोषको उत्पादन हुँदा आउने समस्या नै क्यान्सर हो । हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले राम्ररी काम नगर्दा पनि कोष अनावश्यक रुपमा वृद्धि हुने गर्छन । शरीरको जुनसुकै भाग, बाहिरी र भित्री अंगमा क्यान्सर हुन सक्छ । हाम्रो अस्वस्थकर खानपान र जीवनशैलीको कारणले, वंशाणु रोग भएर र विशेषगरी निकोटिनको प्रयोगले क्यान्सर लाग्न सक्छ ।
नेपालमा क्यान्सरका विरामिहरु दिन प्रतिदिन बढ्दै गइरहेका छन् । घाटिको क्यान्सर, मुटुको क्यान्सर ,रक्त क्यान्सर आदिले महिला पुरुष छुट्याएको हुदैन भने स्तन क्यान्सर र पाठेघरको क्यान्सरले महिलालाई छोड्दैन । यस्तै छाला,रगत ,ऑखा तथा मृगौलाको क्यान्सर त अहिले सबै भन्दा बढि देखिन्छन् । किनकी यी क्यान्सरहरु बंशाणुगत रुपमा अघि बढ्दै जाने भएकाले बढिजसो क्यान्सरका रोगिहरुमा यिनै क्यान्सर देखापर्न गएका हुन् ।
यहि तरिकाले क्यान्सर लाग्न सक्छ भन्न त सकिदैन, तरपनि जसको सेवनले,जसको प्रयोगले वा उपयोगले हामिलाई क्यान्सर लाग्न सक्छ ,त्यसलाइनै हामि क्यान्सरको कारक तत्व भन्न सक्छौ । तिनै कारक तत्व मध्येको अग्रीम पंक्तिमा रहेको कारक तत्व हो रसायनिक (सुर्तिजन्य) तत्व अनि मादक पदार्थ । यस्तै कोहि–कोहिमा बंशाणुगत कारण अनि हर्मनको कारण देखिन्छ भने कोहि क्यान्सरका रोगिहरुमा भाइरस तथा खानेकुराको कारण देखिन्छ । जस्तै, टिनमा प्याक् गरेको खानेकुरा,पोलेको मासु,रसायन युक्त तरकारी र फलफुलले गर्दा क्यान्सर लाग्ने गर्छ ।
क्यानसर रोग विशेषज्ञ डा.राजेन्द्र प्रसाद बरालका अनुसार कुनैपनि रसायनिक तत्व(सुर्तिजन्य पदार्थ)चुरोट ,खैनी , बिडी ,पानपराग ,गुट्का सबैको कारणले क्यान्सर हुन सक्छ । सुर्तिजन्य पदार्थले हामलिाई फोक्सोको क्यान्सर वा मुखको क्यान्सर मात्रै हुन्छ भन्ने हाम्रो समाजको भ्रमलाई पछार्दै वहाँ भन्नु हुन्छ, सुर्तिजन्य पदार्थले हामिलाई शरीरका जुनसुकै भागमा पनि कयानसर हुन सक्छ भने काचो खानेकुरा , कृतिम र रसायनिक पदार्थ हालेको खानेकुरा तथा ढुसी परेको खानेकुराले पनि क्यान्सर लाग्ने हुँदा शुद्ध शाकाहारी खाना खाएर तथा आर्टिफिसियल खाना नखाई नेचुरल खाना खाएर कयान्सरबाट बच्न सकिन्छ ।
हाम्रा पुर्खाले ढिकीमा कुटेको चामल खान्थे । तर अहिले हामी टलक्क टल्केको, पोलिस लगाएको चामल र रसायनयुक्त दाल खाइरहेका छौं । यस्ताे दालचामलबाट पिन क्यान्सर लाग्न सक्छ । एक अध्ययनका अनुसार अत्याधिक नुन खानाले पनि क्यान्सर लाग्न सक्छ । यी चिजहबाट जोगिन सकियो भने क्यान्सर बाट बच्न सकिन्छ । क्यान्सरले सानो ठूलो ,महिला पुरुष भनेर छाड्दैन । धनी गरिब भन्दैन । उसले कोहीलाई पनि लाग्न सक्छ ।
क्यान्सरका किटाणुले शरिरमा संक्रमण गर्यो भने रोगि दुब्लाउदै जान्छ, खानाको स्वाद फेरिन्छ, शरिरमा भएका घाउ लामो समय निको हुदैनन् ,खाना निल्न गाहे हुन्छ । दिशामा रगत देखिएमा , शरिरको कुनै पनि भागमा गिर्खा (डल्लो) देखा परेमा वा गिर्खा बढ्दै गएमा तथा शरीरमा भएका कोठिहरुले रुप–रंग अनि आकार फेर्दै गएमा पनि क्यान्सर हुन सक्छ ।
छिल्लो समय महिलाहरु स्तन तथा क्यान्सरबाट पीडित हुन थालेका छन् । स्तन तथा क्यान्सर यति उमेरका महिलालाई मात्रै लाग्छ भन्ने छैन । १४ बर्ष उमेर माथिका महिलालाई क्यान्सर लाग्न सक्छ । स्तन दुखिरहने, स्तनको दायाँ–बायाँ ,वरिपरी छाम्दा गिर्खा भेटिने ,काखी मुनि दुख्ने वा गिर्खा भेटिने क्यान्सरका लक्षण हुन् । यस्तो लक्षण देखा परे तुरुन्तै जचाउनुपर्छ । शुरुमै सजकता अपनायो हो भने क्यान्सर निको हुन सक्छ , नत्र यसबाट ज्यान जान सक्छ ।
महिलामा देखा परेको दोस्रो भयानक हाे पाठेघरको क्यान्सर । यस्तो क्यान्सर बिशेष गरी पाठेघरको मुखमा हुन्छ । पाठेघरको मुखको कोषिकाहरुमा असमान्य परिवर्तन हुन गई त्यहाका कोषिकाहरु अनावस्यक तथा अनियन्त्रित रुपले बृद्धि भएर बन्ने गिर्खा वा निको नहुने घाउलाई नै पाठेघरको क्यान्सर हो । पाठेघरको क्यान्सर अहिअले महिलाको प्रमुख समस्या बनेको छ । विभिन्न अस्पतालको तथ्यांक हेर्दा पाठेघर क्यान्सर अग्रस्थानमा रहेको पाइन्छ । शुरुमै रोग पत्ता लगाएर उपचार गरेमा पाठेघरको क्यान्सर निको पार्न सकिन्छ ।
कम उमेरमा यौन सम्पर्क गर्नु , सानैमा बच्चा जन्माउनु, धेरै सन्तान जन्माउनु , गुप्ताङ्गको सरसफाईमा ध्याननदिनु , चुरोट , खैनी, िबडी, तमाखु र सुर्तिजन्य पदार्थको सेवन गर्नु पाठेघरको क्यान्सर हुने प्रमुख कारण हुन् । एक भन्दा बढी ब्यक्तिसंग यौन सम्पर्क र सुक्ष्म जिबाणुले गर्भासयमा संक्रमण भयो भने पनि पाठेघरको क्यान्सर हुन्छ । यौन तथा गुप्ताङ्गका दीर्घरोग नै पाठेघरको क्यान्सरका प्रमुख कारणहरु हुन् ।
पाठेघरको क्यान्सर भइसकेपछि महिलाले महिनावारी नहुँदा पनि योनिबाट रगत बगिरहने ,यौन सम्पर्क गरेपछि रगत बगिरहने , गुप्ताङ्ग(यौनी) असमान्य तथा अस्वभाबिक तरल पदार्थ बगिरहने अनि महिनावारी हुँदा धेरै दिनसम्म वा बढी मात्रामा रगत बगिरहने हुन्छ ा बेला बखत तल्लो पेट दुख्ने। र रिङ्गटा आउने जस्ता लक्षण देखा परेमा स्वास्थ्यकर्मी लिएर उपचार गर्नुपर्छ ।पाठेघरको क्यान्सरबाट बच्न ध्यान दिनु जरुरी छ । यौनीलाई गिलो नबनाई सुख्खा राख्नुपर्छ । धुम्रपान तथा मध्यपानबाट टाढा बस्नु पर्छ ।
क्यान्सर रोगबाट बच्न सकेसम्म शुद्ध शाकाहारी खानेकुरा खानुपर्छ पोलेको मासु अर्थात् सेकुवा सँधै खाइरहनेलाई पनि क्यान्सर हुनसक्छ । धेरै जना संग यौन सम्पर्क नराखी सुरक्षित तथा एक ब्यक्ति (श्रीमान–श्रीमती)संग मात्रै यौन सम्पर्क राख्दा क्यान्सरको संभावना कम हुन्छ । फेसन आयो भन्दैमा घाममा निबस्र जानुपनि हुदैन । किनकि घामले गर्दा छालाको क्यानसर हुन सक्छ । यसैगरी मोटो ब्यक्तिलाई क्यान्सरले समात्न सक्ने हुदा ब्यायाम गर्नु अत्यन्त जरुरी छ । जसले गर्दा हामीलाई अन्य फाइदा पनि हुन्छ ।
क्यान्सररोग लागिसकेको जानकारी हुन गएमा कदापि पनि हरेस खानु हुदैन ,बरु उपाय खोज्नुपर्छ । क्यान्सर लागिसकेकालाई शैल्यक्रिया गरी निको पार्न सकिन्छ । रेडियो थेरापी विकिरणको प्रयोगबाट पनि यसको उपचार गर्न सकिन्छ । केमोथेरापी ,हर्मोन थेरापी , प्यालिएटिभ केयर उपकरण बिधि अपनाएर क्यान्सर निको पार्न सकिन्छ । क्यान्सर एउटा ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने रोग होइन । तर शरिरमा एक अङ्गबाट अर्को अङ्गमा फैलिएर जान्छ ।