काठमाडौ । नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा चित्रगुप्त साँवा निर्विरोध भएका छन् । अध्यक्षमा अन्यको उम्मेदवारी नपरेपछि सावा सर्वसम्मत भएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा राजेन्द्र भण्डारी निर्विरोध सर्वसम्मत भएका छन् । उपाध्यक्षमा योगेन्द्र बशहादुर राई, मुक्तिनाथ अधिकारी, बिन्दु शाह, सन्तकुमार लामा, सुरजकुमार घुण्डे, जनक रावल र मधुकर रिजाल छानिएका छन् ।
महासचिवमा डिकबहादुर खत्री आएका छन् । उपमहासचिव गोविन्दबहादुर कटुवाल र हरिशचन्द्र कुवर भएका छन् । मोहनबहादुरले कोषाध्यक्ष पद समाल्ने मौका पाएका छन् ।
सचिवमा नवराज लुइटेल, चन्द्रजंग पाण्डे, बिनोख खनाल, होमप्रसाद तिमिल्सिना, श्यामकुमार खरेल, जयबहादुर शाही र बलवील भण्डारीलाई छनौट गरिएको छ ।
सदस्यहरुमा बाबुराम खड्का, राजेन्द्र अधिकारी, हर्कबहादुर दाहाल, अनवर अलिमियाँ, सरिता घले, सोमबहादुर तामाङ, चुडामणि कटुवाल, दण्डपाणी भट्टराई, अमृत विश्वकर्मा, लक्ष्मण विश्वा, दिनकर जोशी र सविन राई छनौट भएका छन् । मदन चौलागाई, मनोज दाहाल र वेदप्रकाश उप्रतीलाई आमन्त्रित सदस्य बनाइएको छ ।