महिला सौन्दर्य प्रतियोगितामा बिजेता बनेका एक पुरुष

काजखस्तान । २२ वर्षका एक फेसन मोडल ‘मिस भर्चुअल काजखस्तान’ को फाइनल राउण्डमा पुगिन्, तर उनी एक महिला नभएर पुरुष हुन् । अरिना अलियेवा (वास्तविक नाम, ईले डियागिलेव) ‘मिस भर्चुअल काजखस्तान’ का लागि भइरहेको अनलाइन प्रतियोगिताको फाइनलमा पुगे । उनको तस्बिरलाई दुई हजार भन्दा धेरै भोट मिल्यो ।

यसरी फाइनल राउण्डमा पुगेपछि अलियेवालाई ‘मिस भर्चुअल शमकन्द’ घोषणा गरियो । शमकन्द काजखस्तानको दक्षिणी क्षेत्रमा रहेको प्रान्तको राजधानी हो ।

तर अलियेवाको खुशी केही समयका लागि मात्रै रह्यो । आयोजकले गलत जानकारी दिएको भन्दै उनलाई अयोग्य घोषित गरे । क्षेत्रीय उपाधि तथा राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिनका लागि अब आयोजकले ईकेरिम तमिरखानोवालाई चयन गरेका छन् । उनलाई १९ सय ७५ भोट मिलेको थियो ।

फाइनलमा पुगेको दुई दिनपछि ईले डियागिलेवले स्वीकार गरेका थिए कि उनी महिला नभएर पुरुष हुन् । अरिना अलियेवा आफ्नो टिम प्रोजेक्ट रहेको उनले बताएका छन् । उनले भने ‘धेरै महिलाले सोच्छन् कि राम्रो देखिनु नै महत्वपूर्ण कुरा हो र राम्रो देखिन मुश्किल पनि छ । तर मैले साथीहरुसँग पुरुष पनि महिला भन्दा राम्रो देखिन सक्छन् भनेको थिएँ ।’

उनले भने ‘म १७ वर्षको हुँदादेखि फेसन जगतमा छ । मोडलको रुपमा काम गर्छु । मेकअपको माध्यमले आफूलाई सजिलै बदल्न सक्छु । मैले एक फोटोग्राफर, हेयरस्टाइलिस्छ र मेकअप आर्टिस्टलाई बोलाएँ अनि आफूलाई अरिनाको रुपमा तयार गरेँ ।’

आफू फाइनलमा पुग्दा अचम्मित भएको उनको भनाई छ । इन्स्टाग्राममा आयोजना गरिएको यो प्रतियोगितालाई धेरैले रुचाएका छन् । धेरैले डियागिलेवलाई अपवादको रुपमा चित्रित गरेको छन् र उनी धेरै महिला भन्दा सुन्दर रहेको बताएका छन् । तर केहीले भने उनको आलोचना पनि गरेका छन् ।
देश सञ्चारबाटः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…