‘यस्तै रहे, हामी विस्थापित हुन्छौ’

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जथाभावी रुपमा विदेशी लगानी भित्र्याउन नहुने बताएका छन् ।

जहाँ पनि जसरी पनि विदेशी लगानी भित्रिन दिँदा कुनै दिन देश नै विदेशीको कब्जामा पर्छ सक्छ’ । अध्यक्ष दाहालले शनिबार नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिको १४ औ साधारणसभा तथा ८ औं अधिवेशन उद्घाटन गर्दै भने, ‘यस्तो स्थिति बढ्दै गयो भने हामी सबै विस्थापित हुन्छौ । त्यसकारण सबै क्षेत्रमा विदेशी लगानी भित्रिन दिनु हुँदैन ।’

दाहालले वाम गठबन्धन सरकार बनेपछि मुलुक समृद्धितर्फ लाग्ने उल्लेख गरे ।

‘मुलुकलाई समृद्धिको दिशामा लैजान अहिले भएको ऐन, कानून, र नीति नियममा व्यापक सुधार गर्नुपर्ने आवश्कता छ उनले भने, ‘अहिलेसम्म सरकारको ध्यान विभिन्न कारणले त्यता केन्द्रित हुन पाएन, तर अब बन्ने सरकारले त्यसमा व्यापक सुधार गर्छ । वाम गठबन्धन सरकारले मुलुकलाई समृद्ध बनाउँछ । अर्को सरकार बने लगत्तै यहाँहरुले त्यसको छनक पाउनु हुनेछ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…