कर्णाली अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री देउवा जुम्ला आउँदै

हरिकृष्ण कुमाईँ

जुम्ला । कर्णालीको गौरव आयोजनाका रुपमा रहेको पश्चिम नेपालकै ठुलो तीन सय शैयामा निर्मित कर्णाली अस्पताल उद्घाटन गर्न आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले जुम्ला आउने भएका छन् ।

अस्पताल उद्घाटन सँगै प्रतिष्ठानलाई हस्तान्तरण पनि गरिने भएको छ । उद्घाटनका लागि आईतबार विहान साढे ९ बजे प्रधानमन्त्री जुम्ला आई पुग्ने कार्यतालिका रहेको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लले बताए ।

उनका अनुसारका प्रधानमन्त्री सहित स्वास्थ्यमन्त्री दिपक बोहोरा, रक्षामन्त्री भीमसेनदास प्रधान, राष्ट्रिय योजना योजना आयोगका श्रीकृष्ण गिरी लगायतको टोली जुम्ला आउँदै छन् । प्रधानमन्त्रीले सञ्चालनमा रहेको एक सय शैयाको अस्पताल पनि अवलोकन गर्ने कार्यक्रम रहेको रजिष्टार काफ्लले जनाए ।

तीन सय शैयाको भवन सञ्चालनमा आएपछि पश्चिम नेपालका जनताले सर्वसुलभ स्वास्थ्य सेवा पाउने प्रतिष्ठानका पदाधिकारीहरुको दाबी छ । अस्पतालमा अत्याधुनिक सेवा सहित उपकरणहरु जोड्ने क्रमम जारी छ । अस्पतालको लागत अनुमान ९१ करोडको भएपनि टे«नडर प्रक्रियामा झण्डै ७६ करोडमा निमार्ण सम्पन्न भएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…