उपत्यकामा अपराधको जालो, १ सय ६० जना ‘डन’को नालीबेली

काठमाडौं । काठमाडौं उपत्यकामा ३ जिल्ला छन् काठमाडौं,ललितपूर र भक्तपुर । झण्डै ५० लाख जनसंख्याका रहेको उपत्यकामा अपराधीको जालो पनि त्यत्तीकै छ ।

अपराध र अपराधीको केन्द्र उपत्यकामा पहिलोजस्तो चोकचोकमा गुण्डाराज त छैन तर गुण्डा अर्थात डनहरुको दबदबा भने कायम छ । नेपालको राजधानी काठमाडौँ उपत्यकाको पार्किङमा मात्रै गुण्डाराज छैन, ठेक्कापट्टा, होटल व्यवसाय लगायतका क्षेत्र गुण्डाको धम्की र हप्ता असुलीबाट आजित छन् ।

व्यवसायीहरू गुण्डालाई हप्ता बुझाउँछन तर बाहिर बोल्नै डराउँछन् । काठमाडौँको बौद्ध, गौशाला, महाराजगञ्ज, बानेश्वर, ठमेल, ठमेल, न्युरोड, बालाजु, कमलपोखरी र दरबामार्गमा सबैभन्दा धेरै गुण्डाराज रहेको छ । भत्तपूर र ललितपुर क्षेत्रमा पनि गुण्डाहरु छन् । प्रहरी स्रोतबाट प्राप्त जानकारी अनुसार काठमाडौँ जिल्लामा मात्र विभिन्न श्रेणीका १ सय ६० जना गुण्डाहरू सक्रिय छन् । प्रहरीले क, ख र ग वर्गमा गुण्डाहरूलाई वर्गीकरण गरेको छ । उनीहरु मध्ये केही पक्राउ पनि परेका छन् ।

काठमाडौँमा क्रियाशील गुण्डाहरूले कुनै न कुनै क्षेत्रलाई आफ्नो आधारभूमि बनाएर हप्ता असुली, विकासका टेन्डर कब्जा गर्ने तथा व्यवसायीलाई धम्क्याउने कार्य गर्दै आएका छन् । साना हतियारबाट सु–सज्जित भएका गुण्डाहरू विभिन्न दलका नेता र कतिपय सुरक्षा निकायकै अधिकारीको संरक्षणमा आपराधिक गतिविधिमा संलग्न छन् ।

जनतास्रोतलाई प्राप्त सूचीमा उपत्यकामा क्रियाशील सबैभन्दा धेरै गुण्डा कांग्रेस निकट छन् । दोस्रो नम्बरमा नेकपा (एमाले)को आडमा गुण्डागर्दी गर्नेहरू छन् भने त्यसपछि माओवादी केन्द्र, राप्रपा र नेमकिपाको आडमा गुण्डागर्दी गर्नेहरू छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा क्रियाशील गुण्डाको संख्या १ सय ६० छ । गुण्डाहरूले विभिन्न टोल तथा क्षेत्रहरूलाई आफ्नो बेस बनाएर गुण्डागर्दी गरिरहेका छन् । जनता टेलिभिजनलाई प्राप्त रिपोर्टअनुसार उपत्यकामा सक्रिय १३२ गुण्डामध्ये ‘क’ वर्गका १२ जना, ‘ख’ वर्गका २९ जना र ‘ग’ वर्गका ४९ जना रहेका छन् । घ वर्गका भने ७० जना गुण्डाहरु छन् । यीमध्ये केही पक्राउ समेत परेका छन् । यी सबैमाथी मुद्दा भने चलेको होइन,प्रहरीले सम्भावित खतरा देख्दै निगरानीमा राखिरहेको हो ।

यसै सम्बन्धि तयार पारिएको एक सामाग्री-

भिडियोमा क्लिक गर्नुहोस्ः–

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…