डोटी प्रादेशिक महोत्सव सुरुः २ करोड बराबरको कारोबार हुने

डोटी । कृर्षि, पर्यटन, उद्योग, व्यापारको पुर्वाधार, ७ नम्वर प्रदेशको मुल आधार भन्ने नारासहित दोस्रो प्रादेशिक महोत्सव डोटीमा आइतबार देखि सुरु भएको छ ।

डोटी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा गतवर्ष झै यसवर्ष दोस्रो प्रादेशिक महोत्सव सुरु भएको हो । सुदुरपश्चिमका घरेलु उत्पादनमा प्रबद्र्धन, पर्यटकिय क्षेत्रको विकासका लागि प्रचार प्रसार र विकास गर्ने उदेश्यका साथ दोस्रो प्रादेशिक महोत्सव सुरु गरिएको आयोजकले जनाएको छ ।

महोत्सव १० दिन संचालन हुने छ । महोत्सवमा छलिया, हुड्क्यौलि, देउडा, पञ्चेवाजा, धुमारी, गौरा, रनपुतला, सखिया, होलिजस्ता प्रदेश नम्वर ७ का विभिन्न कला संस्कृतिहरु झाँकीसहित प्रस्तुत हुने छन् । १० दिनसम्म विभिन्न कलाकारहरुको प्रस्तुति रहने उक्त महोत्सवमा विशेष गरि खाने परिकारहरुमा डोटीको भाडो भात, जोरायली बासमति, माडा, डुप्का रहनेछन् । दर्शक तथा पाहुनाहरुको मुख्य आकर्षण र मनोरञ्जनका लागि सेती नदिमा ¥याप्ट्ङि र रमाईलो मेला रहने आयोजकले जनाएको छ ।

महोत्सव संचालनमा करिब ७० लाख रुपैया खर्च हुने अनुमान गरिएको भए पनि दश दिनमा २ करोडको व्यापार हुने अनुमान गरिएको उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र खड्काले बताए ।

यसअघि उद्योग बाणिज्य संघकी केन्द्रीय अध्यक्ष भवानी राणाले उद्घघाटन गर्ने चर्चा भए पनि सम्भव नभएपछि डोटीमा रहेका दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका नगरप्रमुख द्वय मन्जु मलासी र सीताराम जोशीले संयुक्त रुपमा उद्घघाटन गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…