गजल

पुष्पा धमला

एक्लै घरमा बसि आमा मलाई सम्झि रून्छिन होला
दुःख पर्दा मेरो फोटो खोजी खोजी छुन्छिन होला ।।

कममजोर देह हातखुट्टा लुगलुग काम्न थालेपछि
भक्कानिदै रातदिन आँसुले मुख धुन्छिन होला ।।

हिउँद महिना लागिसक्यो जाडो सुरू भएदेखि
मेरै लागि न्यानो सुईटर मेरी आमा बुन्छिन होला ।।

आमा बाको एउटै ईच्छा पुरा गर्ने अठोट बोकी
हिडेदेखि अनेक सपना मेरी आमा गुन्छिन होला ।।

दुई चार पैसा कमाएर बर्ष दिनमा घर पुग्दा
मेरो हात समाएर आमा खुशी हुन्छिन होला ।।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…