आइसीसी विश्व क्रिकेट नेपाललाई १ सय ७८ रनको लक्ष्य

काठमाडौ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–टू अन्तगर्त चौथो खेलमा केन्याले नेपालसामु १ सय ७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नामिबियाको विन्डहकस्थित वान्डरर्स क्रिकेट मैदानमा केन्याले नेपाललाई १ सय ७८ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ७७ रन बनायो ।

केन्याका लागि इरफान कारीमले ४२ रन बनाउँदा एए ओबान्डाले ४१ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिदाँ बसन्त रेग्मी,शरद भेषवाकर र सोमपाल कार्मी समान १ –१ विकेट लिएका छन । १ सय ७८ रनको लक्ष्य पाएको नेपालले अहिले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

दोस्रो स्थानमा रहेको नेपाल र अंक तालिको पुछारमा रहेको केन्या यसअघि ५ पटक आमनेसामने भइसकेका छन् । जसमा ४ खेलमा केन्या बिजयी हुँदा नेपाल १ खेलमा बिजयी भएको थियो । तालिकाको शीर्ष दुइमा रहँदै बिश्वकप छनोट यात्रा तय गर्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ भने केन्याका लागि पनि जित महत्वपुर्ण हुने छ।

यसअघि नेपालले आइतबार यूएईलाई ४ विकेटले हराएको थियो ।६ राष्ट्र सम्मलित डिभिजन टु मा क्यानडा लगातार तीन खेल जित्दै ६ अंक सहित शीर्ष स्थानमा छ । ४ अंक सहित नेपाल दोस्रो स्थान छ भने २ अंक जोडेको युएई तेस्रो, नामिबिया चौथो तथा ओमान पाँचौ स्थानमा छ ।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले अर्को महिना जिब्बावेमा हुने एकदिवसीय विश्वकपम छनोट प्रतियोगित खेल्ने मौका पाउनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…