तारा र रचनाले जिते पुरुष–महिला दौड

बर्दिया। मधुवन नगरपालिकामा चलिरहेको प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगितामा ५ हजार मिटर पुरुष तथा ३ हजार मिटर महिला तर्फको लामो दौड सम्पन्न भएको छ ।

सम्पन्न भएका दुबै विधाको उपाधि वडा नम्बर ९ र वडा नम्बर ४ ले जितेका छन । ५ हजार मिटरको पुरुष तर्फको दौडतर्फ वडा नम्बर ९ का तारा बहादुर वि.क. प्रथम भए । उनले १७ मिनेट १० सेकेण्डमा दौड पुरा गरे ।

त्यस्तै १७ मिनेट ३० दौड पुरा गर्दै वडा नम्बर ४ का निराजन थारुले द्धितिय स्थान प्राप्त गरे । यस्तै १८ मिनेट १० सेकेण्डमा दौड पुरा गर्दै वडा नम्बर ६ का गणेश चौधरीले तृतिय स्थान आए ।

महिला ३ हजार मिटरको दौडमा वडा नम्बर ४ की रचना थारु ले १३ मिनेट ३० सेकेण्डमा पुरा गर्दै प्रथम स्थान प्राप्त गरिन ।
द्धितिय स्थानमा आएकी वडा नम्बर ५ कि लक्ष्मी बस्नेतले १३ मिनेट ५५ सेकेण्डमा दौड पुरा गरिन । भने १४ मिनेट ११ सेकेण्डमा दौड पुरा गर्दै वडा नम्बर ४ कि पार्वति थारुले तृतिय स्थान प्राप्त गरिन ।

यसैविच पानी परे पनि वडा नम्बर ६ र वडा नम्बर २ विच भएको फुटबल प्रतियोगितामा १का विरुद्ध ६ गोल गर्दै वडा नम्बर ६ विजयी भएको छ ।

मंगलबार हुने फाइनलमा वडा नम्बर ६ र वडा नंम्बर ७ विच घम्साघम्सी हुने छ । यस्तै मंगलबार नै महिला र पुरुष तर्फको १ सय मिटर दौड हुनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…