आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले केन्यालाई हरायो

काठमाडौं । नामिबियामा भइरहेको आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तरगत सोमबार भएको खेलमा नेपालले केन्यालाई पराजित गर्न सफल भएको छ ।

१७८ रनको चुनौती पछ्याएको नेपालले ४९।५ ओभरमा ७ विकेट गुमाउँदै केन्याले दिएको लक्ष्य भेटाएको हो । नेपाललाई जिताउने क्रममा सोमपाल कामीले अन्तिम बलमा रन बटुले ।

आरके पौडेलले ८५ बलमा सर्वाधिक ४७ रन बनाएर नेपाललाई जिताउन मद्धत गरे । कप्तान पारस खड्काले ४४ बलमा ४२ रनसहित उत्साह भरे । अरिफ शेखले ८२ बलमा ४२ रन लिए ।

सोमबारको जितसँगै नेपालले डिभिजन वान मा पर्ने सम्भावना बढाएको छ । नेपालले प्रतियोगिताको अन्तिम खेल क्यानाडासँग खेल्दैछ ।

शरद भेशवाकरले ५७ बलमा १९ रन जोड् सफल भए । केन्याका इबी रिंगेराले ३ विकेट लिएर खेललाई प्रतिस्पर्धायुक्त बनाउका थिए । नेपालका सन्दीप लामिछानेले केन्याका ५ विकेट झारेर जितको संभवना देखाएका थिए ।

केन्याले नेपाललाई निरन्तर चुनौति दिएको थियो । केन्याका ओपनर करिमले १०० बलमा ४२ रन बनाएका थिए । अर्का ओपनर ४६ बलमा ४१ रन लिएका थिए । ओब्युयाले ६१ बलमा २७ रन बनाउँदा नटआउट रहेका ओडियाम्बोले ५७ बलमा २४ रन लिएका थिए । अन्तिममा न्गोचेले १५ बलमा २३ रन बनाएका थिए ।

नेपालका १७ वर्षीय स्पिनर सन्दीपले पाँच विकेट लिने क्रममा उत्कृष्ट ब्याटिङ गरिरहेका ओबान्डालाई १६।६ ओभरमा पहिलो विकेटका रुपमा पेभेलियनको बाटो देखाए । ४६ बलमा ४१ रन बनाएको अवस्थामा सन्दीपले ओबान्डालाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

त्यसैगरी सन्दीपले खेल १८।४ ओभरमा पुगेको अवस्थामा डिएम गोन्डारियालाई पनि पेभेलियनको बाटो देखाए । उनले ५ बलमा ४ रन बनाएको अवस्थामा गोन्डारियालाई आउट गर्न सफल भए ।

सन्दीपले ३३।१ र २ ओभरमा केन्याका लगातार दुई विकेट झार्न सफल भएका छन् । उनले ३३ ओभरमा पहिलो बलिङ गर्दै पाँचौ क्रममा आएका केन्याका कप्तान आरआर पटेललाई कप्तान पारस खड्कामार्फत क्याच आउट गराउन सफल भए ।

दोस्रो बलमा पनि उनले छैटौँ क्रममा क्रिजमा आएका आरएन पटेललाई एलबीडब्लु धरापमा पार्दै शून्य रनमा पेभेलियन फर्काइदिए ।

केन्याले पुरै ५ ओभर खेलेको अवस्थामा नेपालका लागि अन्तिम अर्थात् आठौँ विकेटका रुपमा सन्दीपले नै एनएन ओढियाम्बोलाई पेभेलियनको बाटो देखाए । नेपालका लागि अन्य एक(एक विकेट वसन्त रेग्मी, शरद भेशवाकर र सोमपाल कामीले थप्न सफल भए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…